logo
  • बिहिबार, असोज १ २०८३

धनगढी अस्पतालको वार्ड जलमग्न, बजार क्षेत्र पनि डुबानमा


  • Galaxysamachar
  • सोमबार, असोज ८ २०८०

८ असोज, धनगढी । अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।

पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend