Galaxysamachar
काठमाडौँ, फागुन २ (फेब्रुअरी १३): यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर प्रेमिल भावनाले भरिएको नयाँ हिन्दी रोमान्टिक गीत “तेरी बाहों में” (Teri Bahon Mein) आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। एम. के. फिल्म्स एण्ड टेलिभिजन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो गीतले साँचो प्रेम, आत्मियता र सामिप्यताको कथा बोल्छ।
कलाकार तथा टिम: यस गीतमा कलाकार सञ्जय पाटिल र नितु कोइरालाको उत्कृष्ट अभिनय देख्न सकिन्छ। गीतमा अल बाबा मस्तीको स्वर र संगीत रहेको छ भने शब्द बाबा खानले कोरेका हुन्। भिडियोको निर्देशन एम. आर. खानले गरेका हुन्।
निर्माण पक्ष:
निर्माता: एम. के. राजपुत र एम. आर. खान
छायांकन (DOP): राज अमित
सह-निर्देशक: गौरव मायेकर
प्रडक्सन: एम. के. फिल्म्स एण्ड टेलिभिजन प्रोडक्सन
गीत सार्वजनिक गर्दै निर्माण टोलीले यो प्रोजेक्ट आफ्नो मुटुको निकै नजिक रहेको र यसले दर्शकको मन छुने विश्वास व्यक्त गरेको छ। विशेष गरी भ्यालेन्टाइन सिजनमा प्रेम जोडीहरूका लागि यो गीत एक उपहार सावित हुने अपेक्षा गरिएको छ।
भिडियो यहाँ हेर्नुहोस्: लिङ्क: https://www.youtube.com/watch?v=sKUJN0vm6os
निर्माण पक्षले सबैलाई भिडियो हेरेर, सेयर गरेर र च्यानल सब्स्क्राइब गरेर माया गरिदिन आग्रह गरेको छ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend