Galaxysamachar
३० प्रतिशत कमिशन नपाएको कारण फतुवा विजयपुर नपाले भुक्तानी रोकेको आरोप
पीडित व्यापारी श्रीवास्तव फतुवा विजयपुर नगरपालिकामा टावर लाइट जडान कार्यको भुक्तानी प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत यादव, लेखापाल कामेश्वर सहनी, इन्जिनियर मो. फिरोज आलम र जिन्सी हरेन्द्र यादवले ३० प्रतिशत कमिशन नपाएको कारण देखाउँदै भुक्तानी रोकेको आरोप सप्लायर्स ललित श्रीवास्तवले लगाएका छन्। श्रीवास्तवका अनुसार, सबै आवश्यक कागजात दुरुस्त रहेर पनि छ महिनादेखि भुक्तानी रोकिएको छ। उनले थप बताए, हाकिम, लेखापाल, इन्जिनियर, जिन्सी र कार्यवाहक मेयरको श्रीमान् शेख सेराज आलमलाई खाजा–नास्ता र अन्य खर्चका लागि लाखौं रुपैयाँ तिरेको हुँ, तर कमिशन नदिएको कारण काटिएको चेकमा सही गरेनन्। पीडित व्यापारी श्रीवास्तवसँग प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल लगायतका कर्मचारीले ३० प्रतिशत कमिशन मागेको अडियो समेत सार्वजनिक गरिएको र सम्बन्धित निकायमा दिने उनले बताए ।
यस विषयमा स्थानीयवासीले समेत छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।






© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend