logo
  • बिहिबार, असोज १ २०८३

‘Face of Junior Model Season 1’ को उपाधि विद्या भट्टराई (सिनियर) र डोरोथी शाह (जुनियर) लाई, भव्य समारोहमा बाल प्रतिभाको सम्मान


  • Galaxysamachar
  • सोमबार, कार्तिक २५ २०८२

ललितपुर, २२ कार्तिक २०८२: बाल प्रतिभा विकास र आत्मविश्वास अभिवृद्धिको उद्देश्यसहित ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको ‘Face of Junior Model Season 1’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा भव्यताका साथ सम्पन्न भएको छ।

 

को-को बने विजेता? काठमाडौं उपत्यकाका १५ विद्यालयका १८ प्रतिभावान् बालबालिका सहभागी रहेको यस प्रतियोगिताको नतिजा दुई फरक समूहमा घोषणा गरियो:

  • सिनियर क्याटेगोरी:
    • टाइटल विनरमोस्ट पपुलर विनर: विद्या भट्टराई
    • पब्लिक च्वाइस विनर: रिन्जिन दोर्जे लामा
  • जुनियर क्याटेगोरी:
    • टाइटल विनर: डोरोथी शाह
    • फर्स्ट रनरअप: एलिशा जैसी
    • सेकेन्ड रनरअपमोस्ट पपुलर विनर: बिनिशा बिष्ट
    • पब्लिक च्वाइस विनर: अनन्या पन्त

विजेताहरूले ट्रफी, प्रमाणपत्रका साथै विभिन्न उपहारहरू प्राप्त गरे। आयोजकले उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आगामी कार्यक्रमहरू र मोडलिङ अवसरमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

उच्च प्रशंसा र निर्णायक मण्डल: राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख श्रीमती जयंती साट्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको व्यवस्थापन, कोरियोग्राफी र आकर्षक प्रस्तुतिको अतिथिहरूले उच्च प्रशंसा गरे। कार्यक्रमलाई सफल बनाउन अभिनेता तेज गिरी, मिस मनासलु कलेज रोशिन ढकाल, मोडल आभा बस्नेत, र मोडल जिशु कोईराला सम्मिलित निर्णायक मण्डलको महत्वपूर्ण भूमिका रहेको थियो। ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले यसलाई केवल प्रतिस्पर्धा नभई बालबालिकाको सिकाइ र अभिव्यक्तिको उत्कृष्ट मञ्च रहेको बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend