logo
  • शनिबार, असोज ३ २०८३

सिक्किममा बाढीमा बगेर २३ सैनिक बेपत्ता


  • Galaxysamachar
  • बुधबार, असोज १७ २०८०

भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता भएका छन् ।

बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर बेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend