logo
  • बिहिबार, असोज १ २०८३

काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन हुँदै


  • Galaxysamachar
  • मंगलबार, असोज ८ २०८१

काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन आयोजना हुने भएको छ । आगामी १० नोभेम्बर २०२४ (२५ कार्तिक,आईतबार) काठमाडौस्थित होटल हायतमा लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन हुन लागेको हो ।

उक्त कार्यक्रमको दोस्रो चरणमा हुनेछ, जसमा ३० देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिनेछ।

काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस आयोजनाको उद्देश्य स्पष्ट पार्दै, D-30 को मुख्य लक्ष्य ती ३० देशहरूलाई एउटै मञ्चमा ल्याउनु हो, जुन लागुऔषध समस्याबाट गम्भीर रूपमा प्रभावितभएको बताएका छन् । यो सम्मेलन विश्व स्वास्थ्य संगठनद्वारा चयनित ती देशहरूमा केन्द्रित हुनेछ, जहाँ लागुऔषध एउटा ठूलो समस्या बनिसकेको छ।

‘यो सम्मेलन लागुऔषधमुक्त विश्वको दिशामा एक ठोस कदम हुनेछ, र यस पहललाई फ्रान्स, इङ्ग्ल्याण्ड, जापान, कोरिया, र अमेरिकाजस्ता ठूला देशहरूमा पनि गुञ्जायमान गराउने अवसर मिल्ने सुमितले बताए ।

D-30 मार्फत काशियाना फाउन्डेसन विश्वलाई लागुऔषधमुक्त बनाउन ठोस प्रयास गरिरहेको छ। यो पहल ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु नशा मुक्तः’ भन्ने संकल्पलाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend