logo
  • बिहिबार, असोज १ २०८३

एसियाली खेलकुदमा नेपालका तीन जुडो खेलाडी पराजित


  • Galaxysamachar
  • आइतबार, असोज ७ २०८०

karate fighters, vector illustration

१९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपालका तीनजना जुडो खेलाडी पराजित भएका छन् । शुक्रबार भएको पुरुषतर्फको ६० केजीभन्दा मुनिको स्पर्धामा नेपालका विकास विक दोस्रो चरणमा पुगे पनि त्योभन्दा अगाडि बढ्न सकेनन् ।

३२ खेलाडीबीचको भिडन्तमा सफलता हात पार्दै विकास दोस्रो चरणमा पुगेका थिए । उनले आफ्नो पहिलो खेलमा कम्बोडियाका भ्लोदोमिर गुचकोभलाई हराएका थिए । तर, उनी प्रिक्वार्टरफाइनल खेलमा भने तुर्कमेनिस्तानका खेलाडी आइबेक ओभिरोभसँग पराजित हुन पुगे ।

यसैगरी महिला ५२ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी देबकीमायाँ श्रेष्ठ पनि पहिलो चरणमै पराजित भइन् । उनी मंगोलियाकी खेलाडी लाखाभासुरेन सोसोरबरमसँग पराजित भएकी हुन् ।

यसैगरी नेपालका अर्का जुडो खेलाडी इन्द्रबहादुर श्रेष्ठ पनि आफ्नो पहिलो खेलमै पराजित भएका छन् । पुरुष ६६ केजीभन्दा मुनिको तौलसमूहमा प्रतिस्पर्धा गरेका उनी हङ्कङका मार्टिन लउसँग पराजित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend