logo
  • बिहिबार, असोज १ २०८३

नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा


  • Galaxysamachar
  • मंगलबार, मंसिर २५ २०८१

नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आइतवार भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ ।

समूह चरणमा सबै टोलीले एकअर्कासँग दुई पटक ६ खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने १८ नोभेम्बरमा खेल्नेछ।

नेपाल एएफसी एसिया कप छनोटको समूह 'एफ' मा

त्यस्तै जुन १० र सन् २०२६ को मार्च ३१ मा लाओससँग नेपालले खेल्ने तालिका छ।‌ नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्नेछ।

यो छनोटमा कुल २४ राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। समुहका विजेता सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको लागि छनोट हुनेछन्।

नेपाली‌ फुटबल टोली मुख्य प्रशिक्षक विहिन छ। यसअघिको मैत्रीपूर्ण खेल नेपालले नवीन न्यौपानेको प्रशिक्षणमा खेलेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको प्रशिक्षकमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्दछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend