logo
  • बुधबार, कार्तिक १९ २०८३

जाजरकोट भूकम्प : परकम्पको संख्या ३८२ पुग्यो


  • Galaxysamachar
  • सोमबार, कार्तिक २० २०८०

गएको शुक्रबारको भूकम्पपछि जाजरकोटमा निरन्तर परकम्प मापन गरिएको छ । सोमबार बिहान १० बजेर १० मिनेटसम्म जाजरकोटमा ३८२ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यीमध्ये चार म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

चार म्याग्निच्युडदेखि माथिका सात परकम्पमध्ये ‘ठूलो’ शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend