logo
  • शनिबार, कार्तिक १५ २०८३

चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप


  • Galaxysamachar
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौँ, कात्तिक ११ गते । चितवनको सौराहामा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ ।

चितवन तेक्वान्दो डोजाङको आयोजनामा आगामी कात्तिक १३ देखि १५ गतेसम्म ‘प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६’ हुन लागेको हो ।

प्रतियोगितामा नेपालका सातवटै प्रदेश र आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बङगलादेश, सिङगापुर, साउदी अरब, जापानलगायत विभिन्न देशका खेलाडी तथा टोलीको सहभागिता रहने जनाइएको छ । आयोजकले यस प्रतियोगितामा करिब ८०० खेलाडी सहभागी हुने अनुमान गरेको छ ।

प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधाका विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा टिमतर्फ प्रथम हुने टोलीले ५० हजार रुपियाँ, दोस्रो हुने टोलीले ३० हजार रुपियाँ र तेस्रो हुने टोलीले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष खेलाडी, उत्कृष्ट ग्योरोगी महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

आयोजक चितवन तेक्वान्दो डोजाङका वरिष्ठ मास्टर रोशन खानले प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ तथा चितवन जिल्ला तेक्वान्दो संघको सहयोग र समन्वय रहने बताएको छ ।

प्रतियोगितामा प्रज्जल दवाडी संयोजकर अशोक खड्का अन्तर्राष्ट्रिय संयोजकको भूमिकामा हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend