logo
  • शुक्रबार, असोज २ २०८३

संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


  • Galaxysamachar
  • शुक्रबार, चैत्र ३० २०८०

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत। तस्बिरः रत्न श्रेष्ठ / रासस

संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए।

उक्त भेटपछि अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। सरकारकी प्रवक्ता शर्माले बजेट अधिवेशन आह्वान गर्नका निम्ति पनि केही समयका लागि चालु अधिवेशन अन्त्य गर्न लागिएको हो।

‘प्रमुख प्रतिपक्षी कांग्रेससँग फेस गर्न नसकेर र डराएर चालु अधिवेशन अन्त्य गर्न लागिएको होइन,’ उनले भनिन‍्। प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बिहान ११ बजेका लागि तय छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend