logo
  • शनिबार, असोज ३ २०८३

विनायकसिद्ध ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२४ सम्पन्न भएको छ ।


  • Galaxysamachar
  • सोमबार, भाद्र ३ २०८१

विनायकसिद्ध ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२४ सम्पन्न भएको छ । शनिबार काठमाडौँ हायात प्यालेसमा एक भव्य समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

निकिला मिडिया नेट्वोर्कको आयोजनामा भएको अवार्डको तेस्रो संस्करणमा विभिन्न पेसामा आवद्ध देशभरिका करिब ३५ जना भन्दा बढी व्यक्तिले अवार्ड प्राप्त गरेका छन् । जसमा कलाकार सिताराम पोखरेललाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डद्वारा  सम्मान गरिएको छ ।

कार्यक्रमा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीले अवार्ड हस्तान्तरण गर्दै सम्पूर्णलाई बधाई दिए । यस्तै उनले यस्ता कार्यक्रमहरुबाट विभिन्न पेसामा आवद्ध नागरिकहरुको हौसला बढ्ने भन्दै आयोजकलाई धन्यवाद दिए । विभिन्न पेसाकर्मीलाई सम्मानित गरिरहदा कृषकहरुलाई पनि यस्ता कार्यक्रममा समेट्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे । सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष रामकृष्ण सिमखाडाले विनायकसिद्ध ग्यालेक्सी एक्सिलेन्स अवार्डले सामाजिक जीवनको विविध पेसामा आवद्ध पेसाकर्मीलाई हौसला प्रदान गर्ने बताए । त्यस्ता महान् व्यक्तिहरुलाई आफूहरूको सानो सम्मानले खुसीमा इट्टा थप्ने आसा व्यक्त गरे । यस्तै उनले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझैँ प्रभावकारी ढंगबाट अगाडी बढाउन लागि पर्ने बताए । यसरी सम्पूर्ण नेपालीहरुको साथ र हौसलाबाट आफूहरूलाई कार्यक्रम गर्न थप उर्जा प्राप्त हुने बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend