logo
  • बिहिबार, असोज १ २०८३

६०० करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘स्त्री २’


  • Galaxysamachar
  • मंगलबार, असोज ८ २०८१

बलिउड अभिनेता राजकुमार राव र श्रद्धा कपुर अभिनीत फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म ६०० करोड भारू कमाउने पहिलो फिल्म बनेको छ। फिल्मले ३९ दिनमा यो उपलब्धि हासिल गरेको हो।

फिल्मले ३९ दिनमा ६०४ करोड २२ लाख भारू कमाएको छ। फिल्मले आइतबार मात्रै ४ करोड ८५ लाख भारू कमाएको छ।

‘स्त्री २’ ले पहिलो साता ३०७ करोड ८० करोड भारू, दोस्रो साता १४५ करोड ८० लाख भारू, तेस्रो साता ७२ करोड ८३ लाख भारू, चौथो साता ३७ करोड ७५ लाख भारू, पाँचौं साता २५ करोड ७२ लाख भारू, छैटौं सप्ताहन्तमा १४ करोड ३२ लाख भारू कमाएको हो।

अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ।

Stree 2 Box Office: Shraddha Kapoor, Rajkummar Rao's Film Recovers Its  Budget & Earns 66% Returns In Just 2 Days?

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend