logo
  • शनिबार, असोज ३ २०८३

चन्द्रगढी गोल्डकप सेमिफाइनलमा आर्मी–पुलिस भिडन्त


  • Galaxysamachar
  • शुक्रबार, बैशाख ११ २०८३

ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार) विभागीय डर्बीको भिडन्त हुँदैछ ।

त्रिभुवन आर्मी एफसीले अर्को विभागीय टोली नेपाल पुलिस एफसीको भद्रपुरस्थित मेची रंगशालामा सामना गर्दैछ । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनल खेल रोचक हुनेछ ।

आर्मी कमजोर टोली आरएस पोखरा एफसीलाई पराजित गर्दै उद्घाटन खेलमै सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसले आयोजक चन्द्रगढी युथ क्लबलाई प्रिक्वार्टर र भारतको रानी लक्ष्मीबाईलाई क्वार्टर फाइनलमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र ट्रफी तथा दोस्रो टोलीले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend