logo
  • शनिबार, असोज ३ २०८३

मकै बारी जोगाउन जाँदा बँदेलको आक्रमण, एक जनाको ज्यान गयो


  • Galaxysamachar
  • सोमबार, बैशाख १४ २०८३

 चुरेपाखामा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरा पिङखोल्सीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

मकै बारीमा आउने बँदेल धपाउन बसेका दावा भन्ने ३२ वर्षीय प्रेमबहादुर थिङको बँदेलकै आक्रमणबाट मृत्यु भएको हो । थिङलाई आइतबार साँझ अन्य केही मानिससँग मिलेर मकै बारी खान आउँदा लखेटेको बँदेलले आक्रमण गरेको वडाध्यक्ष गोरखबहादुर बलले बताउनुभयो ।

बँदेलको आक्रमणबाट घाइते थिङलाई उपचारका लागि लालबन्दी बजारतर्फ ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको परिवारले जनाएको छ । घटनाबारे प्रहरीमा जानकारी आएपछि घटनास्थलको प्रकृति मुचुल्का गरी आइतबार राति १२ बजे लालबन्दी फर्किएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । सर्लाहीमा पछिल्लो समय जिल्लाभर नै बँदेलले मकैलगायतका अन्य बालीनाली खाएर असाध्य दुःख दिने गरेको किसानले गुनासो गरेका छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend