logo
  • शुक्रबार, असोज २ २०८३

Rohit Sharma–Ryan Rickeltonको धमाकेदार साझेदारीमा मुम्बईको सहज जित


  • Galaxysamachar
  • मंगलबार, बैशाख २२ २०८३

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मस सोमबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।

वानखेडे मैदानमा २ सय २९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

लखनऊले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। जवाफमा मुम्बईले आक्रामक सुरुआत गर्दै सहज जित निकाल्यो।

मुम्बईका लागि रोहित शर्मा र रायन रिकेल्टनले पहिलो विकेटका लागि १ सय ४३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। रोहितले ४४ बलमा ८४ रन बनाए ।

रिकेल्टनले ३२ बलमा ८३ रनको आक्रामक इनिङ्स खेले। रोहित आउट हुँदा मुम्बईलाई जितका लागि ३६ बलमा ५२ रन मात्र आवश्यक थियो।

यो जितसँगै मुम्बईले लगातार तीन हारको श्रृंखला तोडेको छ भने लखनऊ भने लगातार छैटौँ हार बेहोर्दै अंकतालिकाको पुछारमा पुगेको छ।

यसअघि लखनऊका लागि निकोलस पुरनले २१ बलमा ६३ रनको विस्फोटक इनिङ्स खेलेका थिए। उनले मात्र १६ बलमा अर्धशतक पूरा गरेका थिए। मिचेल मार्शले ४४ रन बनाए भने एडन मार्करामले ३१ रन जोडे। अन्तिमतिर हिम्मत सिंह ३१ बलमा ४० रनमा अविजित रहे।

तर लखनाऊले अन्तिम ५ ओभरमा अपेक्षाअनुसार रन बनाउन नसक्दा टोली ठूलो स्कोर बनाए पनि जित जोगाउन सकेन।

मुम्बईका बलर कोर्बिन बोस्चले २ विकेट लिए। उनले पुरनलाई आउट गर्दै लखनऊको आक्रामक लय तोडेका थिए।

यो खेलमा मुम्बईले वानखेडे मैदानमा आइोिएल इतिहासकै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउँदै जित निकालेको हो। यसअघि मुम्बईले कोलकाता नाइट राइडर्सविरुद्ध २ सय २० रनको लक्ष्य पछ्याएर जित निकालेको थियो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend