logo
  • शनिबार, असोज ३ २०८३

लिग २ : नेपालविरुद्ध स्कटल्याण्डले टस जितेर ब्याटिङ गर्दै


  • Galaxysamachar
  • सोमबार, जेष्ठ ४ २०८३

४ जेठ, काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत आजको खेलमा नेपालविरुद्ध स्कटल्याण्डले पहिले ब्याटिङ गर्दैछ । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका हुन् ।

आजको खेलमा नेपालले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।

स्कटल्याण्डले भने यो शृङ्खलामा खेलका २ वटै खेल जितेको छ । नेपाल र अमेरिका दुवैलाई २/२ रनले पराजित गरेको थियो । स्कटल्याण्डले आज ओली जोन्सलाई डेब्यू दिएको छ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, इशान पान्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend