Galaxysamachar
उपेन्द्र सुब्बा निर्देशित नेपाली फिल्म ‘जारी २’ अब ओटीटी प्लेटफर्म सिनेमाघरमार्फत विश्वभर स्ट्रिमिङमा उपलब्ध भएको छ।
दर्शकले एचडी क्वालिटीमा १९९ रूपैयाँ र फोरके क्वालिटीमा २९९ रूपैयाँ तिरेर फिल्म हेर्न सक्ने जनाइएको छ।
‘जारी २’ पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र ‘जारी प्रथा’मा आधारित फिल्म हो। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई, मिरूना मगर र विजय बराल मुख्य भूमिकामा छन्। फिल्मले लिम्बु संस्कृति, च्याब्रुङ नाच र पुरानो समयको कथालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
सिनेमाघर एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर, स्मार्ट टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिनेछ। सिनेमाघरले नेपाली फिल्मलाई विश्वभर रहेका दर्शकमाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्लेटफर्ममा ‘जारी २’ सँगै ‘१२ गाउँ’, ‘पिताम्बर’ र ‘गाउँ आएको बाटो’ लगायतका फिल्महरू पनि उपलब्ध छन्।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend