logo
  • बुधबार, भाद्र ३१ २०८३

कृष्णभीर सडकखण्डमा भोलिदेखिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने


  • Galaxysamachar
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातिको समयमा समेत निर्माण कार्य गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend