logo
  • शनिबार, असोज ३ २०८३

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता


  • Galaxysamachar
  • बुधबार, जेष्ठ २० २०८३

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ।

भारत भ्रमणका क्रममा सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताको तस्बिर भारतीय प्रधानमन्त्री मोदीले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन्।

मोदीले  साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गर्ने पनि बताएका छन्।

‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,’ मोदीले लेखेका छन्।

मंगलबार भारत पुगेका सभापति लामिछानेले बुधबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले भाजपा मुख्यालय पनि अवलोकन गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend