logo
  • शुक्रबार, असोज २ २०८३

रास्वपा दाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा खनालको स्पष्ट विजय


  • Galaxysamachar
  • आइतबार, जेष्ठ २४ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी हुनुभएको छ । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा खनाल १९६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ र केदार रजौरेले ६ मत प्राप्त गर्नुभएको थियो ।

यसै गरी उपसभापति पदमा निराजन थापा २४१ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी सुनिता रावतले ८९ मत प्राप्त गर्नुभयो । सचिव पदमा भने असीम भुसाल २०० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सहसचिव पदमा प्रमिला रोकामगर १४८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend