logo
  • शुक्रबार, असोज २ २०८३

कोलम्बियाले घानालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा


  • Galaxysamachar
  • शनिबार, असार २० २०८३

कोलम्बिया घानालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।

कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको अन्तिम ३२ को खेलमा कोलम्बियाको जितमा झोन एरियासले निर्णायक गोल गरे। उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

खेलभर कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै लगातार अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन। अर्कोतर्फ घानाले निकै निराशाजनक प्रदर्शन गर्‍यो। घानाले खेलभर एकपटक पनि पोस्टभित्र प्रहार गर्न सकेन भने कुल ३ प्रहार मात्र गर्‍यो, जुन यस विश्वकपमा उसको ४ खेलको सबैभन्दा कमजोर आक्रामक प्रदर्शन बन्यो। खेलको सुरुआतमै कोलम्बियाका फरवार्ड झोन कोर्डोबा ग्रोइन चोटका कारण मैदान छाड्न बाध्य भए। उनको स्थानमा लुइस स्वारेज मैदान प्रवेश गरे।

घानाका राइट ब्याक मार्भिन सेनाया पनि ह्यामस्ट्रिङ चोटका कारण बाहिरिएपछि र उनको ठाउँ अलिडु सैडुले लिए।

1000131430-1783137855.jpg
कोलम्बियाका लुइस डियाजले दोस्रो हाफमा गरेको एक गोल अफसाइडका कारण मान्यता पाएन। उनले थप केही राम्रो अवसर पनि गुमाए। गुस्ताभो पुर्ता, हुआन फेरेरो किन्तेरो र डेभिन्सन सान्चेजले पनि गोल गर्ने अवसर सिर्जना गरे तर घानाका गोलकिपर लरेन्स जिगीले उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएनन्।

घानाका अनुभवी मिडफिल्डर थोमस पार्टेले केही अवसर सिर्जना गरे पनि टोलीलाई बराबरीमा फर्काउन सकेनन्। आन्टोइन सेमेन्योसहित घानाका आक्रमणकारी खेलाडीहरू पनि प्रभावहीन रहे। योसँगै कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। घाना प्रतियोगिताबाट बाहिरिएको छ।

यो नतिजासँगै अन्तिम ३२ मा पुगेका अफ्रिकाका ९ टोलीमध्ये ७ टोली बाहिरिएका छन्। अब अफ्रिकाबाट मोरक्को र इजिप्ट मात्र उपाधि दौडमा बाँकी  छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend