logo
  • बिहिबार, असोज १ २०८३

पाकिस्तान फाइनलमा पहिलो सहभागितामै , भुटान सडेन डेथको शिकार


  • Galaxysamachar
  • बुधबार, असोज १० २०८०

१० असोज, काठमाडौं । सडेन डेथमा भुटानलाई हराउँदै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको पहिलो सहभागितामै फाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग नगरेपछि खेल टाइब्रेकरमापुगेको थियो ।

टाइब्रेकरको पहिलो सेटमा दुवै टिमका पाँच पाँच जनाले नै गोल गरेपछि टाइब्रेकर लम्बिएको थियो । भुटानका लागि सल्जिम पेल्जाङले प्रहार गरेको छैटौं पेनाल्टी पाकस्तिानका गोलकिपर साहिल गुलले पञ्च गरेर बाहिर पठाए ।

पाकिस्तानका लागि फाइनल पेनाल्टीमा कमिल अहमद खानले कुनै गल्ती गरेनन् र टिमलाई पहिलो सहभागितामा नै फाइनल पुर्‍याएका हुन् ।

९० मिनेटको खेलमा भुटान रणनीतिक हिसाबले निकै बलियो देखिए पनि पेनाल्टी सुटआउटमा पछि परेको हो ।

पाकिस्तानको यो साफ च्याम्पियनसिप कुनै पनि उमेर समूहको पहिलो साफ प्रतियोगिता हो ।

विजेता पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्ने छ । नेपाल र भारतको खेल आजै बुधबार साढे ५ बजे सुरु हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend