logo
  • बिहिबार, असोज १ २०८३

भारतीय गायक शान काठमाडौंमा,ठमेलस्थित क्लब नोभामा शनिबार राति हुदै छ सांगीतिक कार्यक्रमका


  • Galaxysamachar
  • शनिबार, भाद्र ६ २०८३

भारतीय चर्चित गायक शान्तनु मुखर्जी (शान) सांगीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन्।

ठमेलस्थित क्लब नोभामा शनिबार राति हुने सांगीतिक कार्यक्रमका लागि उनी शुक्रबार नेपाल आएका हुन्।

शान यसअघि करिब १५ वर्षअघि सन् २०११ मा नेपाल आएका थिए। त्यसबेला  उनको सांगीतिक करिअर उचाइमा थियो। सन् १९९९ को लोकप्रिय हिन्दी फिल्म ‘प्यार मे कभी कभी’ मा नेपाली शब्दसमेत समेटिएको गीत थियो जसले नेपालमा पनि निकै चर्चा कमायो। ‘मुसुमुसु हाँसिदेऊ’ बोलको यो गीतमा शानको पनि स्वर छ।

शुक्रबार विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शानले गीत रेकर्ड गर्दाको एउटा रमाइलो किस्सा सुनाए। उनले भने, ‘म भोलि हिन्दी गीत पनि गाउँछु, नेपाली गीत पनि गाउँछु। मेरो पहिलो हिट गीत नै नेपाली हो।’

उनले गीतमा भएको गल्ती सम्झिँदै भने, ‘मुसुमुसु हाँसिदेऊ न लै-लै हुनुपर्ने, त्यतिबेला मुसुमुसु हाँसिदेऊ न मलाई भयो।’ उनले नेपाल बसाइका क्रममा पशुपतिनाथ मन्दिर जाने, घुमफिर गर्ने र मःम खाने योजना रहेको सुनाए। क्लब नोभा हुने कार्यक्रममा उनले करिब ४० वटा गीत गाउने छन्।

कार्यक्रममा शानले ‘मुसु मुसु हासी’, ‘बहती हवा सा था वो’, ‘चाँद सिफारिश’, ‘जब से तेरे नैना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ जस्ता आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने बताइएको छ।

बलिउड फिल्म र आफ्ना एल्बममार्फत चर्चित बनेका शानका गीतहरू आज पनि विभिन्न पुस्तामाझ उत्तिकै लोकप्रिय छन्। थुप्रै हिन्दी फिल्मका गीतमा स्वर दिएका शान भारतीय संगीत क्षेत्रका सफल पाश्र्वगायकमध्ये एक मानिन्छन्।

‘शान लाइन इन नेपाल’ कार्यक्रमको आयोजना तथा व्यवस्थापन नेपाली टच नेपालले गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend