logo
  • बिहिबार, असोज १ २०८३

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणीहरू


  • Galaxysamachar
  • आइतबार, भाद्र ७ २०८३

७ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन् ।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गरेर उनीहरू आ-आफ्नो घर फर्किएका हुन् ।

सहमतिपछि आइतबार बिहान ८:५० बजे सरकारले व्यवस्था गरेको साझा यातायातका बस चढेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका हुन्।

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend