logo
  • बिहिबार, असोज १ २०८३

सरकारले तत्काल ४२ वटा बेलिब्रिज बनाउन भारत र चीनलाई गर्‍यो अनुरोध


  • Galaxysamachar
  • शुक्रबार, भाद्र १२ २०८३

१२ भदौ, काठमाडौं ।  सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ ।

अहिले विदेशी दिने सहयोगलाई विपत् प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ । प्राधिकरणले तत्काल आवतजावत सुचारु गर्न ४२ वटा पुलको आवश्यकता पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्त रणधीर जैसवालले बिहीबारै नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेलिब्रिज लगायतमा सहयोग गर्ने बताएका थिए ।

रसुवा, नुवाकोट र धादिङमा बाढीले अधिकांस पुलहरू भत्काएको छ । त्यसका कारण मानिसहरू दुईतर्फी आवत जावत नै बन्द भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend