Galaxysamachar
नेपाल मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको थियो।
हारका बाबजुद नेपालले समूह विजेता बनेको छ। जितको लागि २ सय ६२ रनको चुनौती पछाएको नेपाल ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो।
अर्जुन कुमल र आशिफ शेखले पहिलो विकेटको लागि ४४ रनको साझेदारी गरे। अर्जुन १४ रनमा आउट भए। यसपछि आशीफ ४४ रनमा आउट हुँदा नेपालले ६९ रन बनाएको थियो।
लगतै देव खनाल पनि ६ रनमा पबिलोयन फर्किए। यसपछि इशान पाण्डे क्रिजमा जमे भने अन्य खेलाडीहरू सस्तो रन रेटमा आउट हुन पुगे। रोहित ३ रनमा, दीपेन्द्र सिंह ऐरी २५ रनमा, गुल्सन झा २० रनमा, करण केसी २१ रनमा, सन्दीप लामिछाने २ रनमा आउट भए। यतिखेर नेपालले २ सय ३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो।
अर्धशतक बनाएर क्रिजमा टिकेका इशान पाण्डे ९० रन जोडेर नवौं विकेटको रूपमा आउट भए। उनले १ सय ६ बल खेल्दै ६ चौका र २ चौका सहित ९० रनको पारी खेलेका हुन्। तर उनी आउट भएसँगै नेपाल हार नजिक पुग्यो। नेपालले २ सय ४१ रन जोड्दा इशानलाई गुमाएको थियो। यसपछि ललित १ रन जोडेर आउट भएसँगै नेपाल २ सय ४६ रनमा समेटियो।
बलिङमा ऐजाज खानले १० ओभर बलिङ गर्दै ५० रन दिएर ४ विकेट लिए। यासिम मुर्ताजाले २ विकेट झारे।
यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले बाबर हायतको नटआउट शतकसहित ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको छ।
नेपाल प्रिमियर कपको सेमिफाइनल पुगिसकेको छ। हङकङलाई सेमिफाइनल पुग्नको लागि आजको खेल जित्नै पर्छ ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिए।
तेस्रो नम्बरमा ब्याटिङ गरेका बाबरले १ सय २६ बलमा समान ७ छक्का र चौका प्रहार गरे।
बाबर र इशान खानले आठौं विकेटका लागि १ सय २८ रनको नटआउट साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। इशानले ४६ बलमा ५ चौकासहित नटआउट ३५ रन बनाए ।
शहिद वासिफले ४९ बलमा ७ चौकासहित ४५ रन जोडे। ओपनर जिशन अलिले १५ र अंशुमन रथले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुरुवाती ३ खेल जित्दै नेपालले अन्तिम चारको यात्रा तय गरिसकेको थियो। आज पराजित भए पनि ६ अंक सहित रन रेटको आधारमा नेपाल समिह विजेता बनेको हो। हङकङसँग पनि समान ६ अंक रहेको छ।
अब नेपालले सेमिफाइनलमा समुह ‘बी’ को उपविजेता ओमानसँग खेल्नेछ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend