logo
  • बिहिबार, असोज १ २०८३

किम्रुङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह


  • Galaxysamachar
  • बुधबार, भाद्र २४ २०८३

काठमाडौँ । किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार रातिको समय भएकाले खोला थुनिएको वास्तविक  क्षेत्रसम्म पुग्न तथा त्यसबाट हुन सक्ने जोखिमको पूर्ण आकलन गर्न कठिनाइ भएको छ ।

पहिरोले थुनिएको खोला जुनसुकै बेला खुल्न सक्ने र तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहने भएकाले कालीगण्डकी दोभानसम्मका बासिन्दालाई सचेत गराइएको हो । महाशाखाले नयाँपुल, बिरेठाँटी तथा त्यस आसपासका नदी तटीय क्षेत्रका नागरिकलाई बिहानसम्मै विशेष सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend