logo
  • शनिबार, असोज ३ २०८३

मध्यरातमा घर जल्यो, वृद्ध दम्पतीको मृत्यु


  • Galaxysamachar
  • बिहिबार, बैशाख २० २०८१

धादिङको थाक्रे गाउँपालिका-५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ।

गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

आगलागी भएको सूचना प्रहरीलाई साढे राति ११ बजे प्राप्त भएको थियो। तत्काल इन्स्पेक्टरको कमाण्डमा प्रहरी टोली पुग्दा दुवै जनाको जलेर मृत्यु भइसकेको थियो।

प्रहरीका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि थियो। राति विद्युत सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ। घरमा वृद्ध दम्पतीमात्रै बस्थे। आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend