Galaxysamachar
Interview with Deputy Prime Minister and Minister of Health and Population Upendra Yadav, in Pulchowk, Lalitpur, on Saturday, May 11, 2o19. Photo: Balkrishna Thapa Chhetri/THT
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका हुन् ।
एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend