logo
  • बिहिबार, असोज १ २०८३

४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराध मुद्दा


  • Galaxysamachar
  • शुक्रबार, असोज १२ २०८०

दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान थालेको छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ छन् ।

आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।

बिगु गाउँपालिका–३ जामुनेमा डेरा गरेर बस्ने केशर तामाङसमेतले अवैध रुपमा तस्करी गरेर ल्याएको सुन लुकाएर राखेको सुराक पाएपछि प्रहरीले केशर बहादुर तामाङको कोठा सर्च गर्दा सुन भेटिएको थियो । केशर, पेम्बा र माधवको बयानका आधारमा नुर्वु छिरिङ र सुनमाला बिहीबार भीमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend