logo
  • शुक्रबार, असोज २ २०८३

तीनकुनेमा मोटरसाइकल बागमतीमा खस्यो, १ जनाको मृत्यु


  • Galaxysamachar
  • आइतबार, असोज १४ २०८०

काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ । मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए ।

मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend