logo
  • शुक्रबार, असोज २ २०८३

कर्णाली राजमार्गको दैलेख खण्ड अवरूद्ध


  • Galaxysamachar
  • आइतबार, असोज १४ २०८०

सुर्खेतमा छुट्टाछुट्टै घटनामा दुई जना बालकको मृत्यु भएपछि आफन्तले कर्णाली राजमार्ग पनि अवरूद्ध गरेका छन्।

आइतबार साढे १२ बजेदेखि दैलेख खण्डको खिड्कीज्युलामा आफन्तले सडक अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

शुक्रबार वीरेन्द्रनगरमा दैलेखको आठबिस नगरपालिका-६ खिड्किज्युलाका पाँच वर्षका बालक दिग्दर्शन पुरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो।

यस्तै उषा बालवाटिका विद्यालयको होस्टलमा पनि ८ वर्षीय बालक सलाम पुलामी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनी चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का हुन्।

दुबै बालकका आफन्तले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन गरेका हुन्।

उनीहरूले शनिबार वीरेन्द्रनगरमा छुट्टाछुट्टै आन्दोलन गरेका थिए।

आज पनि सुर्खेतमा उनीहरूले संयुक्त रूपमा आन्दोलन गरेका छन्। आज पनि सुर्खेत तनावग्रस्त छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend