logo
  • बिहिबार, असोज १ २०८३

छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड जित्न सफल “भिएस कलेज”


  • Galaxysamachar
  • शनिबार, असार २३ २०८१

काठमाडौं: चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भिएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गरेको छ ।

नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्यालडिसन होटेलमा आयोजित एक समारोहमा कलेजले उक्त अवार्ड प्राप्त गरेको हो । लामो समय देखि शिक्षा क्षेत्रमा कार्यरत व्यक्तित्वहरुले सन्चालन गरिरहेको कलेजले छोटो समयमा नै अपेक्षा गरे भन्दा राम्रो सफलता हासिल गरे बापत क्याम्पस प्रमुख रामकृष्ण सिंखडा उक्त सम्मानद्वारा विभूषित बनेका छन् ।

विशिष्ट अतिथि, प्रख्यात अभिनेत्री जय प्रदा लगायतले उक्त अवार्ड हस्ताण्तरण गरेका थिए । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भिएस कलेजका रामकृष्ण सिखडाले नेपालको शिक्षा क्षेत्रमा अझै धेरै काम गर्ने जोस जागर बढेको बताएका छन । हजारौ विद्यार्थीहरुको शैक्षिक उन्नयन तथा उनिहरुको उत्तरोत्तर प्रगतिका लागि गरेको भूमिकाको कारण आफूले यो अवार्ड प्राप्त गरेको उल्लेख गरेका छन् ।

छाटो समयमै यो कलेज विद्यार्थीहरुको आकर्षणको केन्द्र कसरी बन्न पुग्यो भनेर हामीले प्रश्न गर्ने क्रममा शत प्रतिशत सफल नतिजा ल्याउन सफल, गीत, सङ्गीत र नृत्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल, राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन तथा दक्ष अनुभवी शिक्षकद्वारा प्रविधियुक्त शिक्षणकै कारण भि.एस. कलेज सबै विद्यार्थीको रोजाइमा परेको कुरा क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले हामीलाई बताउनुभयो ।

२१ औँ शताब्दी अनुरुपको शिक्षाका लागि किन  विद्यार्थीको उत्कृष्ट रोजाइमा पर्दछ भि.एस. कलेज?

काठमाडौंको चाबहिलमा रहेको भि.एस. (विनायक सिद्ध) कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीका लागि विश्व बजारमा आवश्यक परेको सिप र क्षमतामा आधारित शिक्षा प्रदान गरिरहेको छ चाबहिल क्षेत्रको वातावरण नै भि. एस. मय बनेको परिस्थितिमा भर्खरै माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) उत्र्तीण विद्यार्थीहरुको प्रमुख रोजाइको कलेजका रुपमा भि.एस. कलेज चिनिएको छ आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रम लक्षित ज्ञान, सिप तथा अभिवृत्तिका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना मुताविक अतिरिक्त सिपहरुस नृत्य, गायन विभिन्न खेलकुद (बास्केटबल, फुटबल) मार्सल आर्टस तथा पब्लिक स्पिकिङ जस्ता जीवनोपयोगी सिपका गतिविधि भईरहेका छन्

  •  अहिले विनायक सिद्ध कलेजले कक्षा ११ मा सिमित सिटका लागि भर्ना अभियान खुलाएको छ ।
  • कलेजमा अध्ययन गर्न इच्छुक विद्यार्थीले आफ्नो सिट सुरक्षित गर्न समेत कलेजले आग्रह गरेको छ
  • एसइईको नतिजा प्रकाशित भएको भोलिपल्ट कलेजले शैक्षिक सत्र २०८१(८२ का लागि भर्ना आह्वान गरेको छ
  •  कक्षा ११ मा विभिन्न संकायका विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले हामीलाई जानकारी दिएका छन्
  • विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्ने तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा सर्वाङगीण विकासमा जोड दिँदै आएको छ
  • यस कलेजमा व्यवस्थापन मानविकी र विज्ञान संकायका कक्षाहरु सञ्चालन भइसकेका छ
  • यस कलेजमा विद्यार्थीहरुको मनोविज्ञानलाई पनि आधार मानेर अध्ययन अध्यापन गराउने गरेको क्याम्पस प्रमुख सिंखडाले हामीलाई  बताएका छन्

https://www.facebook.com/vscollegektm

May be an image of 1 person and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend