logo
  • बिहिबार, असोज १ २०८३

मध्य ताराइको शैक्षिक आखा बन्दै शिक्षाका लागि रौतहटको चन्द्रपुरका विद्यार्थीहरुको उत्कृष्ट रोजाइमा रौतहटको चन्द्रपुर न.पा वडा न ५ मा रहेको माउन्ट एभरेस्ट आवासीय सेकेण्डरी स्कूल ।


  • Galaxysamachar
  • शनिबार, असार २३ २०८१

आशिष लामिछाने, रौतहट:  रौतहटको चन्द्रपुर न.पा वडा न ५ मा रहेको माउन्ट एभरेस्ट आवासीय सेकेण्डरी स्कूलले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीका लागि विश्व बजारमा आवश्यक परेको सिप र क्षमतामा आधारित शिक्षा प्रदान गरिरहेको ।

रौतहटको चन्द्रपुर क्षेत्रको वातावरण नै माउन्ट एभरेस्ट बनेको परिस्थितिमा भर्खरै माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) उत्र्तीण विद्यार्थीहरुको प्रमुख रोजाइको कलेजका रुपमा माउन्ट एभरेस्ट कलेज चिनिएको छ ।

May be an image of text

आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रम लक्षित ज्ञान, सिप तथा अभिवृत्तिका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना मुताविक अतिरिक्त सिपहरुस नृत्य, गायन विभिन्न खेलकुद (बास्केटबल, फुटबल,क्रिकेट) तेक्वान्दो तथा पब्लिक स्पिकिङ जस्ता जीवनोपयोगी सिपका गतिविधि भईरहेका छ ।

अहिले माउन्ट एभरेस्ट कलेजले कक्षा ११ मा बिज्ञान,व्यवस्थापन,मानवीकि तथा ल क्षेत्रमा  सिमित सिटका लागि भर्ना अभियान खुलाएको छ । कलेजमा अध्ययन गर्न इच्छुक विद्यार्थीले आफ्नो सिट सुरक्षित गर्न समेत कलेजले आग्रह गरेको छ ।

एसइईको नतिजा प्रकाशित भएको भोलिपल्ट कलेजले शैक्षिक सत्र २०८१(८२) का लागि भर्ना आह्वान गरेको ।

May be an image of text that says 'अब नयाँ मेनेजमेन्ट टिमबाट संचालन +2 LAW SCIENCE MANAGEMENT HOTEL MANAGEMENT Admission Open MOUNTEVEREST@ C MOUNT EVEREST for Education មិំងអា the thesake A MOUNT EVEREST ME.AS.S Aawasiya Secondary School Non Srn Chandrapur-5, Rautahat 6cлαR, Rautahat handrapur secondan Ph: 055-540744 awasiya 9855041868 9855041038'

https://www.facebook.com/mounteverestofficialpage

https://www.facebook.com/mount.everest.1297

कक्षा ११ मा विभिन्न संकायका विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको क्याम्पसका प्रधानाध्यापक अचुत हुमागाईंले जानकारी दिनु भएको छ ।विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्ने तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा सर्वाङगीण विकासमा जोड दिँदै आएको छ ।यस कलेजमा व्यवस्थापन,मानविकी, ल र विज्ञान संकायका कक्षाहरु सञ्चालन भइसकेको रहेछ ।यस कलेजमा विद्यार्थीहरुको मनोविज्ञानलाई पनि आधार मानेर अध्ययन अध्यापन गराउने गरेको क्याम्पसका प्रधानाध्यापक अचुत हुमागाईंले बताए।

  • कलेजमा एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या बढ्न थालेको हामीले जानकारी पाएका छौ ।
  • छोटो समयमा राम्रो ख्याति कमाउन सफल भएको माउन्ट एभरेस्ट कलेजमा कक्षा ११ मा भर्ना हुन जाने विद्यार्थीको उल्लेख्य भिड देखिएको छ ।
  • नेपालका बिभिन्न क्षेत्र जस्तै IOM, IOE, AFU आदि र विदेशका प्रख्यात युनिभर्सिटीमा सर्वउत्कृस्ट नतिजा निकाली माउन्ट एभरेस्टका विद्यार्थीले नाम लेख्न सकेको कुरामा माउन्ट एभरेस्ट कलेज परिवारले गर्व गरेको कुरा हामीलाई बताए।
  • साथै कलेजला विद्यार्थीलाइ लक्षित करियर काउन्सिलिङ, सिप विकास र विद्यार्थीको अतिरिक्त क्षमता प्रस्फुटन गर्नका लागि माउन्ट एभरेस्ट कलेजले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता पनि हुमागाईंले व्यक्त गरेका छन् ।
  • क्याम्पसका प्रधानाध्यापक अचुत हुमागाईंले विद्यार्थीले विषय र शिक्षालय रोज्दा साथी(साथीको लहलहैमा लागेर नभई भविष्यका आफ्ना योजना के छ रु त्यसलाई पूरा गर्न कहाँ सहज हुन्छ रु भन्ने आधारमा कलेज छान्न र भर्ना गर्न सुझाव दिएका छन ।
  • यस कलेजले बेलाबेलामा वातावरण संरक्षणका विषयमा समाजमा जनचेतना अभिवृद्धि गर्ने, महिला हिंसा विरुद्ध कार्यक्रम संचालन गर्ने, दुर्वेसनी बिरुद्ध सामाजिक क्रियाकलापमा सहभागी भएर शैक्षिक तथा सामाजिक उत्तरदायित्व वहन गरिरहेको छ ।
  • माउन्ट एभरेस्ट कलेज शैक्षिक हवको रुपमा स्थापित भएको र विभिन्न शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दै तीव्र गतिमा आफ्नो पहिचान बनाउन सफल रौतहटको एकमात्र शैक्षिक संस्था बनेको छ ।
  • No photo description available.

त्यसैले माउन्ट एभरेस्ट कलेज विद्यार्थीहरुका लागि असल भविष्य निर्माणको उपयुक्त गन्तव्य कलेज बन्दै आएको छ।

विद्यार्थीहरुका लागि माउन्ट एभरेस्ट कलेज नै किन रु भनेर प्रश्न गर्ने क्रममा यस कलेजले सर्वसुलभ शुल्कमा दक्ष एवं अनुभवी शिक्षकहरुद्वारा प्रविधिमार्फत् गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रमुखी शैक्षिक व्यक्तित्व निर्माणका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात बिद्यार्थी,खेलाडी, गायक, कमेडियन  तथा डान्सर निर्माण गरिरहेको छ ।माउन्ट एभरेस्ट कलेज विद्यार्थीहरुका लागि खास कलेजको रुपमा रहेको कुरा क्याम्पस प्रमुखले बताएका छन् ।कलेज आफ्नो गतिमा अघि बढ्दै जाँदा केही भ्रामक एवं आलोचनात्मक टिकाटिप्पणी पनि आएका छन् १ भन्ने हाम्रो प्रश्नमा सर्वसुलभ, गुणस्तरीय, सेवामुखी एवं राष्ट्रमुखी शिक्षा प्रदान गर्ने हाम्रो दायित्व रहेकाले हामी त्यतातिर ध्यान दिने फुर्सदमा छैनौ भन्दै उनले सिर्जनात्मक कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।कलेजले डिजिटल जनशक्ति निर्माणमा नेतृत्व गर्ने योजना रहेको छ। माउन्ट एभरेस्ट कलेजमा प्रवेश गरेका हरेक विद्यार्थीलाई उत्कृष्ट र विश्व बजारमा बिक्नसक्ने जनशक्ति निर्माण गर्ने सुनिश्चितता गरिएको छ।

May be an image of ‎1 person and ‎text that says '‎ン MOUNTEVEREST MOUNT EVERI Resid Residential EVEREST 1U12) Chundi dramir טוב seco oa School 8ង5ប04 อ r אותתרים EINIENTEST‎'‎‎

कक्षा ११ मा आफ्नी छोरीलाई भर्ना गर्न आएका एकजना अभिभावकले बताए–अभिभावकको कुरो बुझ्ने, सहयोग गर्ने तथा हाम्रा छोराछोरीको शिक्षामा चासो राख्ने कलेज भएकाले आफ्नो नानीलाई भर्ना गर्न आएको हु भनी अभिभावकले बताएका छन् । विद्यार्थीको चाहना, इच्छा, रुचि, आवश्यकता र व्यवहारमा आधारित गतिविधि सञ्चालन गर्ने भएकाले तथा राष्ट्रिय परीक्षा बोर्डमा शतप्रतिशत नतिजामा समेत ९०% भन्दा बढी नतिजा ल्याउन सफल कलेजका रुपमा चिनिएको छ ।

कलेजले उत्कृष्ट विद्यार्थीलाई विभिन्न तहमा छात्रवृत्ति तथा इन्टर्नसिप, जीवनोपयोजी सिप, तालिम र व्यावहारिक शिक्षा प्रदान गरिरहेको छन्।२१ औँ शताब्दी अनुरुपको शिक्षाका लागि रौतहटको चन्द्रपुरका विद्यार्थीहरुको उत्कृष्ट रोजाइमा रौतहटको चन्द्रपुर न.पा वडा न ५ मा रहेको माउन्ट एभरेस्ट आवासीय सेकेण्डरी स्कूलमा आफ्नो नानि-बाबुहरुलाई बेलैमा भर्ना गर्न हुन हामी पनि आग्रह गर्दछौ ।

फोटो फिचर: 

May be an image of 8 people, the Charminar and temple

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

No photo description available.

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend