logo
  • बिहिबार, असोज १ २०८३

नेपाली चेली सिजेन अधिकारी जापान किड्स फेसन विक (JKFW) मा प्रतिस्पर्धा गर्दै: समर्थनको अपिल


  • Galaxysamachar
  • बुधबार, साउन २ २०८१

नेपाली चेली सिजेन अधिकारी जापान किड्स फेसन विक (JKFW) मा प्रतिस्पर्धा गर्दै: समर्थनका लागि नेपाली समुदायलाई अनुरोध।

यही आऊदो अगस्ट 10 देखि 11 मा नागोया जापानमा हुन लागेको जापान किड्स फेसन विक (JKFW 2024) मा नेपाली चेली सिजेन अधिकारीले प्रतिस्पर्धा गर्ने भएकी छिन् । गिफु, जापानमा बस्ने सिजेन दोश्रो पटक JKFW मा सहभागिता जनाउँदैछिन् । JKFW जापानको सबैभन्दा ठूलो बालबालिकाको फेसन शो हो ।

फेसन र मोडलिङमा रुचि राख्ने सिजेनले आफ्नो सपना पूरा गर्न JKFW प्रतियोगिताका लागि छनौट भएकी हुन् । यो उनको लागि मात्र नभई नेपाल र नेपाली समुदायका लागि पनि गर्वको कुरा भएको छ, भनेर एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए ।

JKFWमा सहभागिता जनाउन सिजेनलाई तपाईंहरूको सहयोग आवश्यक छ । हामी सबै मिलेर सिजेनलाई भोट गरेर JKFWमा विजयी बनाउन सक्छौं, उनले भने । सिजेनलाई समर्थन गर्न र भोट गर्नको लागि, Japan Kids Fashion Week को वेबसाइटमा जानुपर्नेछ, भनेर एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाका सचिव प्रतिक कार्कीले बताए । यस वेबसाइटमा दर्ता गरी हरेक दिन १ भोट दिन सकिन्छ। आउनुहोस्, सबै मिलेर सिजनलाई जिताऔं, कार्कीले भने ।

उनका अनुसार भोट गर्न :

१. “ https://jkfw2024.com/index/user/register.html ” यस लिंकलाई कपि गरेर Chrome बाट खोल्नुहोस् ।

२. अंग्रेजीमा अनुवाद गर्नुहोस् ।

३. आफ्नो इमेल र प्रयोगकर्ता नाम प्रयोग गरी दर्ता गर्नुहोस् ।

त्यसपछि, निम्नअनुसार भोट गर्न सकिने बनाइएको छ:

भोट गर्नका लागि:

४. Log In पेजमा जानुहोस् र आफ्नो दर्ता गरेको mail या username र password राख्नुहोस् ।

५. “ https://jkfw2024.com/vote/player/171.html ” link बाट २१ नम्बरको प्रतिभा खोज्नुहोस् र “Vote” गर्नुहोस् ।

भोट 2024 अगस्ट 8 तारीखसम्म मात्र खुला रहनेछ । सम्पूर्ण जापानबासी नेपालीहरूलाई Vote गर्न सिजेनकी आमा अन्जना अधिकारीले अनुरोध गर्नुभएको छ । Vote गर्न कुनै पैसा लाग्दैन र प्रत्येक दिन १ Vote गर्न पाइन्छ । तपाईंको Vote ले मेरो मेरो छोरिकोआत्मविश्वास बढाउने मात्र होइन, उसलाई अघि बढेर नेपाल र नेपाली चिनाउन अझै हौसला प्रदान गर्नेछ । समय निकालेर Vote गर्न सबैलाई वहाले अनुरोध गर्नुभएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend