Galaxysamachar
काठमाडौं , आशिष लामिछाने : म्याक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ गीत “पातै नमिल्ने” सार्वजनिक भएको छ। गीतमा म्याक्स नेपालको सुमधुर आवाज रहेको छ भने गीतको शब्द तिलु गुरुङले लेखेका हुन्। गीतको संगीत हरि थापाले तयार पार्नुभएको हो र यसको एरेन्ज सुदीप सागरले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्, र रेकर्डिङको काम प्रिज्मा डिजिटल स्टुडियोमा भएको हो।
गीतको म्युजिक भिडियो निर्देशन, छायांकन, सम्पादन र कलर सम्पादन निरज थापाले गरेका छन्। भिडियोमा म्याक्स नेपाल, खुशी तामाङ, संयोग नेपाल र जिया हमालको अभिनय देख्न सकिन्छ।
यस गीतले दर्शकहरूलाई मनोरञ्जन दिने र संगीतप्रेमीहरूबीच लोकप्रियता कमाउने अपेक्षा गरिएको छ।
भिडियो लिंक:
https://www.youtube.com/watch?v=t4Lw0F2GSjk
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend