logo
  • बिहिबार, असोज १ २०८३

पारस खड्का क्यान सचिवमा विजयी


  • Galaxysamachar
  • आइतबार, असोज ७ २०८०

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का विजयी हुनुभएको छ ।

शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का ४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका  प्रटिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाउनुभएको छ । उहाँहरुबीचको मत अन्तर ११  छ ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

क्यान पदाधिकारीमध्ये, सचिव, खुला र प्रदेश सदस्यका लागि मतदान भएको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend