logo
  • शनिबार, असोज ३ २०८३

‘राजा’ शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसद लेखनाथ दाहालको माग


  • Galaxysamachar
  • शुक्रबार, असोज १९ २०८०

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

उनले भने– ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’   उनले महंगी र कालोबजारी बढेको भन्दै बजार अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend