logo
  • शनिबार, असोज ३ २०८३

विश्वकप–२०२६ को छनोट खेल दशरथ रंगशालामा : ७३ लाख बजेट


  • Galaxysamachar
  • शुक्रबार, असोज १९ २०८०

काठमाडौँको दशरथ रंगशालामा यही असोज २५ गते विश्वकप २०२६ क्वालिफायर एसियन राउन्ड १ अन्तरगत खेल हुने भएको छ । सो दिन नेपाल र लावसबीचको पहिलो लेगको फुटबल खेल सम्पन्न हुन गइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सो खेलका लागि मुख्य प्रशिक्षक भिसेन्जो अटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । छनौट खेलको लागि एन्फाले सम्पूर्ण तयारी अगाडि बढाएको प्रवक्ता सुरेश शाहले जानकारी दिए । फिफा वरियतामा लावसको वरीयता १८६ स्थानमा रहेको छ भने नेपालको १७५ औँ स्थानमा रहेको छ ।

खेलको कमर्सिलय र मिडिया राइट सिंगापुरस्थित स्पोर्टलाइभ लाई प्रदान गरिएको छ भने टिकट दर साधारण पारापिटतर्फ रु ३०० र भिआइपी पारापिटतर्फ रु ५०० कायम गरिएको शाहले बताए ।

खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैले व्यवस्थापन गरी बिक्री गर्ने उनको भनाइ छ । खेलका लागि लावसको टोली अक्टोबर ९ मा नेपाल आइपुग्ने र प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।

शाहका अनुसार प्रतियोगिताको अनुमानित बजेट  ७३ लाख ६८ हजार ४०० रुपैयाँ (५६,६८० अमेरिकी डलर) रहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend