logo
  • शनिबार, असोज ३ २०८३

एनपिएलमा १२ खेलाडी सर्वाधिक महँगा


  • Galaxysamachar
  • सोमबार, असोज २१ २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) का विभिन्न टोलीमा खेलाडी आबद्ध गर्नका लागि आइतबार बोलकबोल (अक्सन) भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताका खेलाडी आठ टोलीले १०-१० खेलाडी आफ्नो टोलीमा भित्र्याएका हुन्।

अक्सनमा १२ खेलाडी १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन्। सबै खेलाडीलाई गोलाप्रथाबाट टोलीहरूले भित्र्याएका हुन्। १५-१५ लाख बिक्री भएका १२ खेलाडी ए क्याटागोरीका हुन्।

जसमा लुम्बिनीले सर्वाधिक तीन खेलाडी १५-१५ लाखमा भित्र्याउँदा चितवनले कुनै पनि खेलाडीलाई १५ लाख तिरेन।

यो पनि : यी हुन् एनपिएलका आठ टिमले अक्सनमार्फत् भित्र्याएका ८० नेपाली खेलाडी

घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको थियो। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।

जसमा ए क्याटागोरीमा रहेका खेलाडी १५ लाख रूपैयाँसम्म बिक्री भए। यससँगै अब प्रत्येक टोलीले ११-११ खेलाडी भएका छन्। सबै टोलीमा यसअघि एक एक खेलाडी मार्कीको रुपमा भित्रिएका थिए। आज १०-१० खेलाडी अक्सनबाट भित्रिएका छन्। तीन-तीन खेलाडी ए र सी क्याटागोरी तथा चार खेलाडी बी क्याटागोरीबाट टोलीमा आबद्ध भए।

अब चार चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६-१६ खेलाडी हुनेछन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend