logo
  • शनिबार, असोज ३ २०८३

इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्रीले समकक्षीसँग संवाद गर्नुपर्छ-एमालेले भन्यो


  • Galaxysamachar
  • आइतबार, असोज २१ २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

उनले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो ।

प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाइते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend