Galaxysamachar
इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।
तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार उसले सुरु गरेकाे अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ ।
नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।
हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।
यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धरको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend