logo
  • शनिबार, असोज ३ २०८३

डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो, काठमाडौंका २५ सयमा संक्रमण


  • Galaxysamachar
  • मंगलबार, कार्तिक २१ २०८०

नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।

डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म दुई हजार ५५३ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend