Galaxysamachar
काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई साता यताको तथ्याङ्क केलाउँदा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको पाइएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा असोज,कात्तिक महिनामा काठमाडौंमा तीव्र गतिमा डेंगुको संक्रमण दर बढेको थियो । त्यसअनुसार अहिले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गएको आठ महिनाको अवधिमा हालसम्म काठमाडौंमा७६४ जनाडेंगु संक्रमित भएका छन् । जबकि ७ असोजसम्म संक्रमितको संख्या ५८० मात्र थियो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला साताहरूमा डेगु संक्रमित बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । त्यहाँ १० दिन यता दैनिक १० देखि १२ जना डेंगु संक्रमित बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । टेकु अस्पतालमा खास गरी, कालिमाटी, कलङ्की क्षेत्रबाट डेंगुका बिरामी उपचारका लागि आइरहेका छन् ।
नेपालमा विगतमा भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा भने उच्च जोखिम भने कायमै रहेको सरुवारोग विशेषज्ञहरू बताउँछन् । काठमाडौंमा डेंगु फैलियो भने कुनै पकेट क्षेत्र फैलिने भएकाले सचेत हुन सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको आग्रह छ ।
‘विगतमा काठमाडौंमा केही क्षेत्रमा ब्रेक आउट भएको थियो । डेंगु संक्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउन र सजग हुन जरुरी छ,’ उनले भने ।
काठमाडौंमा डेंगु संक्रमणको अवस्था
ईडीसीडीका अनुसार७ असोजसम्म काठमाडौंमा संक्रमितको संख्या ५८० पुष्टि भएको थियो । ८ असोजदेखि २१ असोजसम्म दुई साताभित्र आइतवारसम्म १८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस क्रममा ८असोजमा ३३ जना, १० असोजमा ३२ जना, १२ गते १३ संक्रमित भएका छन् । १४ गते २१ जना,१५ गते १५ जना, १६ गते १८ जन, १८ गते, २० जना, २० गते १९ जना तथा २१ गते १३ जनामा डेंगु संक्रमण पुष्टि भई हालसम्म काठमाडौंमा संक्रमितको संखया ७६४ पुगेको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend