logo
  • शनिबार, असोज ३ २०८३

कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : शर्मा


  • Galaxysamachar
  • बिहिबार, कार्तिक १६ २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कतारमार्फत हमाससँग कुरा गरेर नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ बिहीबार प्रतिनिधि सभाको बैठकमा महामन्त्री शर्माले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend