logo
  • शुक्रबार, असोज २ २०८३

व्युटिसियनहरुका लागि स्टेला प्रोफेसनल मास्टर मेकअप सेमिनार


  • Galaxysamachar
  • आइतबार, पुष २२ २०८०

काठमाडौँ । नेपालमा रहेका सौन्दर्यकर्मी (व्युटिसियन)हरुका लागि आयोजित ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनल मास्टर मेकअप सेमिनार सम्पन्न भएको छ । भारतको प्रसिद्ध ब्युटी प्रोडक्ट स्टेला प्रोफेसनलले काठमाडौँको कार्की बेंक्वैटमा आयोजना गरेको सेमिनारमा पाँच सय २५ जना सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय सौन्दर्यकर्मीहरुले नेपालमा कार्यरत सौन्दर्यकर्मीहहरुलाई सेमिनारमा प्रशिक्षण दिएका थिए । विभिन्न कार्यक्रम र इभेन्टहरुमा हुने मेकअपका बारेमा सेमिनारमा चर्चा गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदिप चाभडा र महेश लुम्बानीको समेत उपस्थिति रहेको थियो ।

प्रबन्ध निर्देशक चाभडाले सुन्दरता महिलाको गहना भएको भन्दै मेकअपले अझ निखार थप्ने बताउनुभयो । मेकअप गर्नु सुन्दर देखिनको लागि मात्र नभई मेकअपले आत्मविस्वास समेत बढाउने उहाँको भनाइ छ । अफिस जाँदा, भेटघाट गर्दा, बिहे पार्टी जाँदा होस् या घुम्न जाँदा स्थान र अवस्था अनुसार महिलाहरु श्रृंगारिएर हिड्न रुचाउने उल्लेख गर्दै त्यसका लागि आफूहरुको उत्पादनले सघाउने उहाँको भनाइ छ ।

कार्यक्रममा अर्का प्रबन्ध निर्देशक लुम्बानीले स्टेला प्रोफेसनलका विभिन्न मेकअप सामग्रीहरु बजारमा आएको उल्लेख गर्दै त्यसले प्राकृतिक सौन्दर्यतामा अझै निखार आउने बताउनुभयो । स्टेला प्रोफेसनलका फाउण्डेशन, कण्डीस्नर, कम्प्याक्ट पाउडर, हाईलाईटर, आई लाईनर, मस्कारा, मेकअप फिक्सर लगायत सौन्दर्यका सम्पूर्ण सामग्रीहरु नेपाली बजारमा उपलब्ध रहेका लुम्बानीको भनाइ छ । स्टेला प्रोफेसनललाई भारतको प्रसिद्ध ब्राण्ड सिवानी ईन्टरप्राइजेजले उत्पादन गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend