logo
  • शनिबार, असोज ३ २०८३

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान


  • Galaxysamachar
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए ।

त्यस्तै, अस्पतालमा ल्याएको हालसम्मम २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शबका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन भएको डा. चौधरीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend