logo
  • बिहिबार, असोज १ २०८३

एलिना चौहानले ल्याइन् तीज गीत ‘मन परेको मान्छे’ (भिडिओ)


  • Galaxysamachar
  • सोमबार, साउन ७ २०८१

गायिका एलिना चौहानले तीज गीत ‘मन परेको मान्छे’ सार्वजनिक गरेकी छन्।

अस्ट्रेलियामा रहेकी उनले शनिबार आफ्नै अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरेकी हुन्।

गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङमा समेत परेको छ।

यस गीतका शब्द नेत्र अर्यालले लेखेका हुन्। दिपक शर्माको संगीत रहेको गीतलाई एचबिएन किस्मतले एरेन्ज गरेका हुन्।

एलिनाले अस्ट्रेलियामै गीत रेकर्डिङ गरेकी थिइन्।

को–सँग कस्तो व्यवहार गर्ने हो, राम्ररी जानी छ

घरगरी खानी भैसकी छोरी नभन सानी छ

मन परेकै मान्छे जीवनमा पाइयो नी

मन खुसी भए अरु के चाहियो नी…

गीतमा भर्खर विवाह गरेर गएकी छोरीले तीजमा माइत आउँदा नयाँ घरबारे गरेको वर्णनलाई प्रस्तुत गरिएको छ।

मन परेको मान्छे जीवनमा पाएको र मन खुसी भए अरू कुरा नचाहिएको गीतमा भनिएको छ।

यसको भिडिओमा मोडल अञ्जली अधिकारीले नृत्य गरेकी छन्।

विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशन रहेको भिडिओमा प्रकाश खड्का र उनको टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।

भिडिओः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend