logo
  • शुक्रबार, असोज २ २०८३

गायक म्याक्सको’दोधारमा छु ,जिवन मेरो हुन्छ कि झण्डुबाम’ सार्वजनिक(भिडियो)


  • Galaxysamachar
  • बुधबार, भाद्र २६ २०८१

गायक म्याक्स नेपालको नयां गीत ‘दोधारमा छु ,जिवन मेरो हुन्छ कि झण्डुबाम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मोडल समेत रहेका म्याक्सको आफ्नै युटु्यूब च्यानल म्याक्स ईन्टरटेनमेन्टबाट उक्त भिडियो सार्वजनिक भएको हो । उनकै शव्द रहेको गीतलाई बावुल गिरीले संगीत संयोजन गरेका हुन । माईकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा मोडलहरु सुजल बम र गौरव हमाल फिचरिङ्ग छन ।माईकल स्टेप एण्ड आर्टसको कोरियोग्राफी रहेको भिडियोलाई उत्सव दाहालले छायांकन र शिलन लम्सालले सम्पादन गरेका हुन ।

दर्जनौं गीत मार्फत नेपाली संगीत क्षेत्रका पारखीहरुको रोजाईमा परेका गायक म्याक्सले थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन । भारतका प्रतिष्ठित अवार्डहरु वाट पटक पटक सम्मानित भैसकेका गायक म्याक्स कतारमा वसेर लामो समयदेखि व्यवसायमा समेत सक्रिय रहदै आएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend